जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आजबाट खुकुलो बनाइएको छ । पछिल्लो पटक थपेको निषेधाज्ञा सोमबार रातीदेखि सकिएसँगै आजदेखि एक हप्ता 'स्मार्ट लकडाउन सुरु' भएको हो ।

उपत्यकाको तीन जिल्लाका बसेको संयुक्त बैठकले गरेको निर्णय अनुसार व्यावसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाइएको हो । निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा चहलपहल ह्वात्तै बढेको छ ।
निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ । निषेधाज्ञा खुकुलो बनाइएको आज पहिलो दिन नै उपत्यकामा बिहानबाट नै निजी सवारी साधनका चहलपहल देखिएको छ । ठाउँ ठाउँमा सवारी चेकजाँचका लागि ट्राफिक प्रहरीहरु खटाइएको छ ।
फलफुल खाद्यान्न लगायतका पसलहरु खुलेका छन् । नयाँ व्यवस्था अनुसार सपिङ मल, कपडा, जुत्ता, कस्मेटिक लगायतका पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ ।
सुन पसल, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल तथा इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने व्यव्या गरिएको छ । भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्थालाई भने कायम राखिएको छ ।
फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ । होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ । सार्वजनिक सवारी साधन अझै पनि सञ्चालनमा आएको छैन ।
नित्यकर्मबाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह ब्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँमा गर्न पाइने छ । यसका लागि दुई वटा सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
