
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरिब देशमा कोरोनाविरूद्धको खोपको चरम अभावका कारण खोप अभियान जारी राख्न समस्या भएको बताएको छ।
खोपको समान पहुँच सुनिश्चित गर्न सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा खोपको अभावका कारण खोप अभियान रोक्नु पर्ने बाध्यता रहेको डब्लुएचओले बताएको छ।
डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वका १३१ देशलाई खोपको ९ करोड मात्रा प्रदान गरिएको बताउनुभयो । तर विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न उक्त सङ्ख्याको खोप निकै अपर्याप्त रहेको र थप खोप उपलब्धतामा समस्या भइरहेको उहाँको भनाइ छ ।
गत वर्षदेखि धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने प्रतिबद्धता जनाएपछि विश्वभर खोपको पहुँच पुर्याउन कोभ्याक्स अभियान थालिएको थियो । यस अन्तरगत नेपाल लगायतका गरिब तथा विकासोन्मुख प्राथमिकतामा रहेको भए पनि खोपको उपलब्धता न्यून रहेको छ ।
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
