
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सर्वोच्च अदालतले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्र यथाशिघ्र दिन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले गत फागुनमा कोभिशिल्डको पहिलोमात्रा खोप लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन ढिला भएको भन्दै यथाशिघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो ।
सोमबार ६५ वर्षदेखि ७५ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई समयमै कोभिशिल्डको दोस्रो मात्रा उपलब्ध गराउन माग गर्दै निवेदक चिरन्जिवी वास गिरिले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
आज (मंगलबार) त्यसबारे बहस गर्दैै न्यायधीस ईश्वर खतिवडाको एकल इजलासले त्यस्तो आदेश दिएको दिएको हो । आज उक्त रिटमा अधिवक्ताहरु कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल, विकास भट्टराई, ज्ञानेन्द्रराज आनन्द र सुरेन्द्र विक्रम केसी लगायतले बहस गर्नुभएको थियो ।
सर्वोच्चले सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश जारी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तासम्म दोस्रो मात्रा लगाउन सकिने बताएको छ । तर पहिलो मात्रा खोप लगाएका जेष्ठ नागरिकले १२ हप्ता नाघिसक्दा पनि दोस्रो मात्र लगाउन पाएका छैनन् ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
