जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना कोभिड-१९ संक्रमित थपिएका छन ।
देशभर १२ हजार २०४ पीसीआर गर्दा ३ हजार ७०३ र ४ हजार ७०९ एन्टीजेन गर्दा ८१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना संक्रमित निको भएका छन । मन्त्रालयका अनुसार मंगलबार ४१ जना संक्रमितको दुखद निधन भएको छ ।
हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ५४ हजार ८८२ पुगेको छ भने ८ हजार ८१३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
