जनस्वास्थ्य सरोकार, काठमाडौँ । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो १९ दिने कार्यकालमा भएका उपलब्धीहरु सार्वजनिक गर्नुभएको छ ।
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यन्वयन नगर्न हिजो दिएको अन्तरिम आदेशसँगै स्वास्थ्यमन्त्री तामाङ सहित २० जना मन्त्री जिम्मेवारमुक्त भएका थिए ।
स्वास्थ्य मन्त्रीबाट जिम्मेवारमुक्त भएपछि तामाङले १९ दिने कार्यविवरण सार्वजनिक गर्नुभएको हो ।
आज सामाजिक सञ्जाल मार्फत कार्य विवरण सार्वजनिक गर्दै निवर्तमान स्वास्थ्यमन्त्री तामाङले कोरोना महामारी नियन्त्रणमा आफू इमान्दार रहेको बताउनुभयो ।
उहाँले कोरोना भाइरस विरुद्धको खोप ल्याउन सम्बन्धित सबै प्रकृया पुरा भएको र केहि दिनमै खोप आउने सुनिश्चित भएको दाबी समेत गर्नुभयो ।
यस्तो छ तामाङको १९ दिने कार्यविवरण
१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको ।
(यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन ।)
२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।
३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
