जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकभर छरिएर रहेका २१ हजार भन्दा बढी औषधि व्यवसायीहरुको छाता संगठन नेपाल औषधि व्यवसायी संघ ४८ औं वर्षमा प्रवेश गरेको छ ।

संघको केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, अञ्चल कार्यसमिति र जिल्ला शाखा कार्यसमितिहरुले विविध कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस भव्य रुपमा मनाइरहेका छन् ।
आम नागरिकको स्वास्थ्य सुरक्षामा क्रियाशील औषधि व्यवसायीहरु कोभिड–१९ रोगको विषम परिस्थिति लकडाउन, निषेधाज्ञाको समयमा पनि मिर्मिरे उज्योलो भएसँगै औषधि पसल खोली अहोरात्र फ्रण्ट लाईनमा बसेर आम विरामीलाई सेवा प्रदान गरिरहेका छन् ।
संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले देशैभर औषधि अभाव हुन नदिई विरामीको रोग र औषधिको उपलब्धता साथै मूल्य एकरुपता कायम गर्दै औषधि पसलरफर्म सञ्चालन गरी आफ्नो दायित्व निर्वाह गर्नुभएका सम्पूर्ण औषधि व्यवसायी मित्रहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।
संघ २०३० साल असार १० गते स्थापना भएको थियो ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
