जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकभर छरिएर रहेका २१ हजार भन्दा बढी औषधि व्यवसायीहरुको छाता संगठन नेपाल औषधि व्यवसायी संघ ४८ औं वर्षमा प्रवेश गरेको छ ।

संघको केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, अञ्चल कार्यसमिति र जिल्ला शाखा कार्यसमितिहरुले विविध कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस भव्य रुपमा मनाइरहेका छन् ।
आम नागरिकको स्वास्थ्य सुरक्षामा क्रियाशील औषधि व्यवसायीहरु कोभिड–१९ रोगको विषम परिस्थिति लकडाउन, निषेधाज्ञाको समयमा पनि मिर्मिरे उज्योलो भएसँगै औषधि पसल खोली अहोरात्र फ्रण्ट लाईनमा बसेर आम विरामीलाई सेवा प्रदान गरिरहेका छन् ।
संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले देशैभर औषधि अभाव हुन नदिई विरामीको रोग र औषधिको उपलब्धता साथै मूल्य एकरुपता कायम गर्दै औषधि पसलरफर्म सञ्चालन गरी आफ्नो दायित्व निर्वाह गर्नुभएका सम्पूर्ण औषधि व्यवसायी मित्रहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।
संघ २०३० साल असार १० गते स्थापना भएको थियो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

