जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल फार्मेसी परिषद्ले नाम दर्ता नगरी फार्मेसी व्यवसाय सञ्चालन गरेमा प्रचलित कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

परिषद् ऐन २०५७ को परिच्छेद ३ को दफा ११ ले नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुने वाद्यकारी व्यवस्था गरेको उल्लेख गर्दै परिषद्का रजिष्ट्रार रञ्जिव कुमार पाण्डेयले भन्नुभएको छ—‘सो व्यवस्थाको प्रतिकूल हुने गतिविधि कहिँकसैबाट नहोस् भनी सचेत गराउँछौं । अन्यथा परिषद् प्रचलित कानुनहरुलाई आत्मसात गरी कारबाही प्रक्रिया अगाडि बढाउन बाद्य हुनेछ ।’
परिषद्को प्रस्तावना अनुरुप फार्मेसी व्यवसायलाई व्यवस्थित तथा बैज्ञानिक ढंगले संचालनन गरी प्रभावकारी बनाउने सर्बोच्च निकायको रुपमा परिषद् रहेको उल्लेख गर्दै आज जारी विज्ञप्तिमा परिषद्को फार्मेसी व्यवसाय सञ्चालन सम्बन्धि विभिन्न सामाजिक सञ्जालमा आएका कुरा प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३

