
जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
डा. गिरीले कुनै पनि विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको र सोहि हैसियतले प्रतिष्ठानको उपकुलपति भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
डा. गिरीको योग्यताको विषयमा प्रश्न उठाउँदै सुर्यविनायक-४ भक्तपुरका शशि विक्रम कार्की र याखु गाउँपालिका-६ सँखुवासभाका आशिष राइले उक्त विषयमा थप छानबिन गर्न अख्तियारमा उजुरी हालेका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


