
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त हुनुभएको छ ।
प्रतिष्ठानको उपकुलपति डा. मङ्गल रावलको सिफारिसमा तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति शेरबहादुर तामाङले गएको असार ३ गते चन्दननाथ नगरपालिका–७ जुम्लाका महतलाई रजिष्ट्रारमा नियुक्त गर्नुभएको हो ।
व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका महतले प्रतिष्ठानको ऐन, नियमावली र कार्यविधिले तोकेको परिधिभित्र रहेर संस्थाको व्यवस्थापकीय क्षेत्रमा आफूले पूर्ण जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।
जेठ १६ गते निवर्तमान रजिष्ट्रार विश्वराज काफ्लेको चार वर्षीय कार्यकाल सकिएपछि उक्त पद खाली थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


