
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आयुर्वेद विश्वकै प्राचिन चिकित्साशास्त्र हो । यसको प्रयोगको विषयमा विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । यो अथर्ववेदको उपवेद हो ।
आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि विकास भएको मानिन्छ । मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग तिन प्रकारका दोषहरु : वात, पित्त र कफ को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ ।
स्वास्थ्य र रोगबारे आयुर्वेदको अवधारणाहरूले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू जस्तै योग, पञ्चकर्म, क्षारसूत्रको प्रवर्तन गर्दछ ।
आयुर्वेदका भगवान धनवन्तरी हुन । समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट भएका थिए । कात्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरि जयन्ती मनाउने गरिन्छ ।
तर यसको ज्ञानको सुरुवात भने ब्रह्माबाट भएको हो । ब्रह्माको यो ज्ञान दक्ष प्रजापतिबाट अश्वनी कुमारहरु हँुदै भगवान इन्द्रसम्म पुगेको कुरा धार्मिक ग्रन्थमा उल्लेख छ ।
सुश्रुत संहिता अनुसार भने भगवान इन्द्रले आफुले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई प्रदान गरे । धनवन्तरीले यो ज्ञान आफ्ना ७ जना शिष्य – औषधेनव, वैतरण, उरभ, गोपूररक्षित्, पौषकलावत, करविर्य र सुश्रुतलाई प्रदान गरे ।
कश्यप संहिता अनुसार इन्द्रमार्फत यो ज्ञान कश्यप, वशिष्ठ, भृगु, अत्रिलाई प्राप्त भयो । चरक, सुश्रुत, वागभटले आयुर्वेदलाई अथर्ववेदको उपवेद रूपमा मानेका छन भने कश्यपले यसलाई छुट्टै वेदका रूपमा परिभाषित गरेका छन ।
नेपाल, भारत, श्रीलङ्का लगायतका दक्षिण एसियाली मुलुकहरूमा आयुर्वेदको प्रयोग निकै नै बढी छ । हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रूपमा प्रख्यात हुँदै आइरहेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

