
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज साढे १२ बजे स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई कोरोना विरुद्धको खोप अभियानको पहिलो प्राथमिकतामा राखिने बताउनुभयो ।
मन्त्री श्रेष्ठले आजै वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको कार्यभार समेत सम्हाल्दै हुनुहुन्छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्रीलाई पदमुक्त गरेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी रहेका चार मन्त्रीलाई अन्य मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


