
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शिक्षा तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले असार ११ गतेदेखि स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले शिक्षा तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । यो सँगै उहाँले वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।
सर्वोच्च अदालतले असार ८ गते प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्रीलाई पदमुक्त गरेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा असार १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी रहेका चार मन्त्रीलाई अन्य मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तमाङ हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले तमाङलाई २०७८ जेठ २१ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । तर सर्बोच्चको आदेशपछि उहाँ १८ दिनपछि असार ८ गते पदमुक्त हुनुभएको थियो । तमाङ अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हृदयश त्रिपाठी हुनुहुन्थ्यो । ५ महिना ११ दिन मन्त्रालयको जिम्मेवारी पाउनुभएका त्रिपाठीलाई प्रधानमन्त्री ओलीले जेठ २१ गते हटाउनुभएको थियो ।
२०७६ साल मंसिर ४ गते नियुक्ती पाएर एक वर्ष ६ महिना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका भानुभक्त ढकाललाई २०७७ पुस १० गते हटाइएको थियो । यसैगरी उपेन्द्र यादव २०७५ जेठ १८ देखि मंसिर ४ सम्म स्वास्थ्य मन्त्री भई १ वर्ष ५ महिना १६ दिन जिम्मेवारी सम्हाल्नुभएको थियो । यसअघि पद्मा अर्यालले राज्यमन्त्रीको हैसियतमा २०७४ चैत्र २ गतेदेखि २०७५ साल जेठ १७ गतेसम्म २ महिना १५दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
काठमाडौं—९ बाट निर्वाचित सांसद श्रेष्ठ ओलीका बफादार पात्र मानिनुहुन्छ । ओली अध्यक्ष भएपछि उहाँले तत्कालीन एमालेको कार्यालय सचिवका रूपमा काम गर्नुभयो । उहाँ लामो समय काठमाडौँ उपत्यकाको पार्टी नेतृत्वमा हुनुहुन्थ्यो । श्रेष्ठ स्थानीय विकास राज्यमन्त्री पनि हुनुहन्थ्यो ।
मन्त्री श्रेष्ठको जन्म वि.स. २०१५ साल असोज १५ गते विजया दशमीको दिन काठमाडौंमा भएको हो । हाल काठमाडौं महानगरपालिका वडा नम्वर १४ बल्खुमा बस्नुहुन्छ । उहाँका बाबुआमा काठमाडौंको राणा थर भएका एक व्यक्तिको घरमा डेरा गरी बस्नुहुन्थ्यो । डेरामा नै कृष्णगोपालको जन्म भएको हो । आमाले ज्याला मजदुरी गरेर हुर्काएको सम्झना उहाँलाई अहिले पनि ताजै छ । उहाँको बुबाको नाम हरिलाल श्रेष्ठ र आमाको नाम हरिमाया श्रेष्ठ हो । उहाँका एक छोरा र दुई छोरी छन् ।
स्वास्थ्य मन्त्री श्रेष्ठले अर्थशास्त्रमा एमए गर्नुभएको छ । राणा परिवारका बालबालिकाले पढेको देखेर उहाँले सानो उमेरमा अक्षर चिन्ने मौका पाउनुभयो । स्कूल जान त पाउनुभएन । तर घरबेटीका छोराहरुले लेखपढ गरेको देखेर उहाँले धेरै कुरा सिक्ने मौका पाउनुभयो । पछि एकैपटक ५ कक्षामा भर्ना भएर आफ्नो पढाई पूरा गर्नुभएको थियो । सानै उमेरमा गरिवी, अभाव र पछौटेपन भोगेका नेता श्रेष्ठलाई त्यही बेलादेखि प्रगतिशील विचारधाराले प्रभावित बनायो ।
२०३७ सालमा अनेरास्ववियुले गरेको पहिलो नेपाल बन्दमा उहाँ सकृयतापूर्वक सहभागी हुनुभएको थियो । विद्यार्थी र पार्टी आन्दोलनमा सहभागी हुँदा उहाँ पटकपटक जेल समेत पर्नुभएको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
