
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणबाट नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको निधन भएको छ।
झापाको मेचीनगर नगरपालिका-३ बडाखाल निवासी थापालाई गत आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज (शुक्रबार) विहान ६ बजे निधन भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।
थापाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अवस्थामा शुक्रवार बिहान ६ बजे निधन भएको अस्पतालले जनाएको छ ।
उहाँको पत्नी राधा थापा पनि कोरोना संक्रमण भएर सोही अस्पतालमा उपचाररत हुनुहुन्छ ।
विसं २०६२ ६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
