जनस्वास्थ्य सरोकार, काठमाडौं । शनिबार २ हजार १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

४ हजार ७०४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १७४ र ४ हजार ८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ गरी २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।
कोरोना संक्रमणबाट शनिबार ३० जनाको मृत्यु भएको छ भने ४ हजार ९१४ जना संक्रमणमुक्त भएको जनाइएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । कोरोना संक्रमणबाट ८ हजार ९७५ जनाको ज्यान गइसकेको छ ।
सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये पनि ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३

