
जनस्वास्थ्य सरोकार, डोटी । जिल्ला अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको उक्त सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुन सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।
अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लाग्ने गरेको बताइएको छ । ओपिडी सेवा बन्द भएपछि जिल्ला अस्पतालमा सामान्य रोगका बिरामी उपचारका लागि आउन छाडेका थिए ।
नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको अस्पतालको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा ल्याएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पुनः सञ्चालनमा आएको ओपिडी सेवा साविक बमोजिम सञ्चालन हुनेछ । जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर बढ्दै गएपछि गत वैशाखबाट अस्पतालको ओपिडी सेवा बन्द भएको थियो ।
कोरोना सङ्क्रमित बढ्दै गएका कारण उनीहरुलाई राख्ने ठाउँ नभएको र ओपिडी सुचारु गरे कोरोना सर्ने डरले केही महिना सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो । जिल्लामा कोरोना सङ्क्रमणका कारण हाल सम्म ११ व्यक्तिको ज्यान गएको छ भने एक हजार २०० भन्दा बढी सङ्क्रमित भएका थिए । रासस
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
