
जनस्वास्थ्य सरोकार, काठमाडौँ । हामी नियमित रुपमा फार्मेसीबाट औषधि खरिद गरिरहेका हुन्छौँ । अन्य उपभोग्य वस्तुहरु खरिद गर्दा धेरै कुराको जानकारी लिने हामी औषधि जस्तो संवेदनशील वस्तु खरिद गर्दा भने खासै ध्यान दिदैनौँ । तर औषधि खरिद गर्दा धेरै कुराहरु ख्याल गर्न आवश्यक छ । विशेषगरी औषधि किन्दा निम्न ६ वटा विषयमा ध्यान दिनुपर्ने हुन्छ ।
फार्मेसीको लाइसेन्स हेर्नुहोस्
यो सबै भन्दा महत्वपूर्र्ण पाटो हो । अहिले पनि नेपाली बजारमा धेरै फार्मसीहरु लाइसेन्स बिना गैर कानुनी रुपमा सञ्चाला भइरहेका छन । त्यस्ता फार्मेसीले न्यून गुणस्तर भएका र नेपालमा दर्ता नै नभएका औषधि बेच्न सक्छन । साथै गैरकानुनी रुपमा नेपाल भित्रिएका गुणस्तहिन औषधिहरु विक्रि वितरण गर्ने खतरा हुन्छ ।
धेरै डिस्काउन्ट पाइने र ज्यादै सस्तो औषधिको प्रलोभनमा नपर्नुहोस्
तपाइलाई कुनै पनि फार्मसिले अत्यन्तै भारी डिस्काउन्टमा औषधि बिक्री गरिरहेको छ भने त्यसको गुणस्तर न्यून हुन सक्छ । औषधि सुलभ दरमा बिक्री गर्ने फार्मेसीबाट खरिद गर्दा सबैभन्दा उपयुक्त हुन्छ ।
फार्मासिस्टको उपलब्धता
योग्य र रजिष्ट्रर्ड फर्मासिस्ट उपलब्ध फार्मेसीबाट औषधि खरिद गर्नुपर्दछ । यसरी एउटा औषधि विज्ञ भएको फार्मेसिमा तपाईंको औषधि अथवा रोग सम्बन्धी प्रश्न गर्न तथा उचित औषधिको बारेमा काउन्सेलिङ लिन सकिन्छ । जसले गर्दा तपाईंलाई औषधि सेवन र रोग व्यवस्थापनको विषयमा आत्मविश्वास पनि बढ्छ ।
प्रेस्किप्सन माग्ने फार्मेसीबाट औषधि किन्नुहोस्
बिना प्रेस्किप्सन आफूखुशी औषधि प्रयोग गर्दा शरीरमा हानी हुनसक्छ । जुन फार्मेसीले तपाईंसँग प्रेस्किप्सन माग्छ, उक्त फार्मेसीले त्यस्ता कुरालाई मध्येनजर गरेका हुन्छन । त्यस्ता फार्मेसीबाट सधैँ औषधि खरिद गर्दा तपाईंले उच्च गुणस्तरको साथै उपयुक्त औषधि प्राप्त गर्नुहुनेछ।
बिल माग्नुहोस्
तपाईंले कुन औषधि कहिले र कहाँबाट खरिद गर्नु भएको भन्ने कुराको प्रमाण भनेकै बिल हो । त्यसैले औषधि किन्दा एउटा उपभोक्ता भएको हकले बिल सधैँ माग्ने गर्नुहोस ।
औषधि लिनु अघि निम्न कुराहरुमा दोहोरो जाँच गर्नुहोस्
- औषधिको जेनेरिक नाम
- औषधिको डोज
- एक्स्पाइरी मिती
- प्रयोग गर्ने बिधी
- उत्पादकको नाम र ठेगाना
स्रोत: फर्मा इनफो नेपाल
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

