जनस्वास्थ्य सरोकार,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौं उपत्यकमा ४२४ जना संक्रमित थपिएका छन । जसमध्ये काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ७ कोरोना संक्रमणमुक्त भएका छन । नेपालमा हालसम्म ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भइसकेका छन ।
पछिल्लो चौविस घण्टामा ३४ कोरोना संक्रमितको निधन भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


