
जनस्वास्थ्य सरोकार । अस्ट्रेलियाका विभिन्न सहरहरूमा कोरोना संक्रमण बढ्न थालेको छ । उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानो स्तरमा प्रकोप देखा परेको छ। अस्ट्रेलियाका अन्य भागहरूमा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ ।
अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। कोरोनाभाइरसबारे सङ्घीय र राज्य सरकारहरूले सोमवार पछिल्लो अवस्थाबारे आपत्कालीन छलफल गर्ने छन्।
विभिन्न राज्यहरूले सङ्क्रमण फैलिन नपाओस् भनेर नयाँ प्रतिबन्धात्मक व्यवस्था लागु गरेको र आफ्नो नाकासमेत बन्द राखेका बेला अर्थमन्त्री जस फ्राइडनबर्गले यो राष्ट्रका लागि ”निकै महत्त्वपूर्ण समय” रहेको बताएका छन्।
”मलाइ लाग्छ की बढी सङ्क्रामक डेल्टा भेरिअन्टसँगै हामी महामारीको अर्को चरणमा प्रवेश गर्दैछौँ,” फ्राइडनबर्गले सोमवार एबीसी न्यूजसँग भने।
कोभिड सङ्क्रमणको बढ्दो घटनाहरूका कारण सिड्नीका विभिन्न सहरहरूमा लकडाउन लागु गरिएको छ। झन्डै ५० लाख मानिसहरू बसोबास गर्ने सिड्नीको अवस्था चिन्ताको विषय बनेको छ।
महामारीभरी कडा प्रतिबन्धात्मक व्यवस्था, क्वारन्टीन, तीव्र गतिमा परीक्षण अनि कनट्याक्ट ट्रेसिङ र सीमा बन्द गर्ने लगायतका नीतिका कारण अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमितको दर निकै कम छ।
यो वर्ष त्यहाँ कोरोनाभाइरसका कारण कसैको पनि मृत्यु भएको छैन। हालसम्म अस्ट्रेलियामा कोभिडसम्बन्धी रोगका कारण ९१० जनाको मृत्यु भएको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या ३०,४५० छ। बीबीसी
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
