
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुलुकको अग्रणी औषधि कम्पनि नेसनल हेल्थ केयर प्रा. लिले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधि उत्पादन गरी विक्री वितरण सुरु गरेको छ ।
कम्पनिले ‘रेमसिभिर’ ब्रान्ड नाममा ल्याएको सो रेम्डिसिभिरको खुद्रा मुल्य ३ हजार ५ सय तोकिएको छ ।
गत बैशाख ३१ गते उत्पादन अनुमति पाएको कम्पनिले असार १३ गते मार्केटिङ लाइसेन्स प्राप्त गरेपछि सो औषधि बिक्री वितरण सुरु गरेको हो ।
कम्पनिको मार्केटिङ डिभिजन ‘ओटिभा’ का डिस्ट्रिव्युटर मार्फत सो औषधि मुलकभर उपलब्ध भएको कम्पनिका भाइस प्रेसिडेन्ट (मार्केटिङ) अजय पाण्डेले जानकारी दिनुभयो ।
उहाँले अत्याधुनिक टेक्नोलोजीबाट उत्पादन भएको सो औषधि गुणस्तरीय र असरदार भएको स्पष्ट पार्नुभयो ।
यो औषधि आयातित रेम्डिसिभिरको तुलनामा निकै सस्तो भएको कम्पनिका जनरल म्यानेजर अमित पोखरेलले जानकारी गराउनुभयो । हाल बजारमा ५ हजार १ सयमा आयातित रेम्डिसिभिरको बिक्री वितरण हुँदै आएको छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

