
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुलुकको अग्रणी औषधि कम्पनि नेसनल हेल्थ केयर प्रा. लिले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधि उत्पादन गरी विक्री वितरण सुरु गरेको छ ।
कम्पनिले ‘रेमसिभिर’ ब्रान्ड नाममा ल्याएको सो रेम्डिसिभिरको खुद्रा मुल्य ३ हजार ५ सय तोकिएको छ ।
गत बैशाख ३१ गते उत्पादन अनुमति पाएको कम्पनिले असार १३ गते मार्केटिङ लाइसेन्स प्राप्त गरेपछि सो औषधि बिक्री वितरण सुरु गरेको हो ।
कम्पनिको मार्केटिङ डिभिजन ‘ओटिभा’ का डिस्ट्रिव्युटर मार्फत सो औषधि मुलकभर उपलब्ध भएको कम्पनिका भाइस प्रेसिडेन्ट (मार्केटिङ) अजय पाण्डेले जानकारी दिनुभयो ।
उहाँले अत्याधुनिक टेक्नोलोजीबाट उत्पादन भएको सो औषधि गुणस्तरीय र असरदार भएको स्पष्ट पार्नुभयो ।
यो औषधि आयातित रेम्डिसिभिरको तुलनामा निकै सस्तो भएको कम्पनिका जनरल म्यानेजर अमित पोखरेलले जानकारी गराउनुभयो । हाल बजारमा ५ हजार १ सयमा आयातित रेम्डिसिभिरको बिक्री वितरण हुँदै आएको छ ।

अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
