जनस्वास्थ्य सरोकार, मकवानपुर । बागमती प्रदेशको हेटौंडा अस्पतालमा सोमबारदेखि डायलाइसिस सेवा सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु भएको डायलाइसिस केन्द्रको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो ।
अस्पतालमा सेवा विस्तार गर्ने क्रममा डायलाइसिस सेवा सुरु गरिएको हो ।
यसअघि हेटौंडाको नीजि अस्पताल चुरेहिल अस्पतालले मात्रै डायलाइसिस सेवा दिँदै आएको थियो । हेटौंडा अस्पतालले तत्कालका लागि दैनिक ११ जना मृर्गौलाका बिरामीलाई सेवा दिइने अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाइँले जानकारी दिनुभयो ।
अस्पतालमा ५ वटा डायलासिस मेसिन जडान गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


