
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षायाम सुरुसँगै डेँगुको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले डेँगुका लक्षण पनि कोभिड १९ सँग मिल्दोजुल्दो हुने भएकाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गरेको हो ।
एक्कासी ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, थकान महशुस हुने, आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने जस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल वा स्वास्थ्य संस्थामा जान अनुरोध गरेको छ ।
यसका साथै चिकित्सकको सल्लाह र परामर्श बिना अनुमानको आधारमा जथाभावी औषधि सेवन नगर्न अनुरोध गरेको छ ।
वर्षायाममा डेँगु र कोरोना दुबै रोगबाट सुरक्षित हुने उपायहरु
- लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने र घरबाहिर जाँदा अनिवार्य मास्क लगाउने
- घर वरपर प्लास्टिक, सिसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
- खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने लत्काल मर्मत गर्ने
- पानीको नाली, ढल, पोखरीमा हप्ताको २ दिन डढेको मोबिल वा मट्टितेल छर्कने
- खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
- पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने
- कुलरमा हप्ताको एक वा दुइपटक मट्टितेल हाल्ने
- बेलाबेलामा साबुनपानीले मिचिमिची हाच धुने र भौतिक दुरी कायम गर्ने
- सुत्ने बेला झुलको प्रयोग गर्ने
- परिवारमा कसैलाई यस्ता लक्षण देखापरे तुरुन्तै आइसोलेशनमा बस्ने
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


