जनस्वास्थ्य सरोकार, धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँगको वार्तामा उपकुलपति डा. ज्ञानेन्द्र गिरी रक्सी पिएको असामान्य अवस्थामा भेटिएपछि तनावग्रस्त बनेको छ ।
मंगलबार बेलुकासंयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा. गिरी मादकपदार्थ पिएको जस्तो असामान्य अवस्थामा बोल्न थालेपछि संघर्ष समितिले वार्ता छोडेको थियो ।
वार्तामा बोलाएर रक्सी पिएर उपकुलपति आएको र अन्य पदाधिकारीहरु रमिते बनेको भन्दै आन्दोलनरत चिकित्सक, कर्मचारी तथाविद्यार्थीहरु आक्रोशित छन् ।
आन्दोलनकारीहरुले उपकुलपतिको मेडिकल जाँचगर्नुपर्ने र उपकुलपति सहित चारै जना पदाधिकारीहरुको राजिनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले बताउनुभयो ।
आन्दोलनरत चिकित्सक तथा कर्मचारीले रातभर मोबाइलको लाइट बालेर विरोध प्रदर्शन गरेका थिए ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
