
जनस्वास्थ्य सरोकार, मेलम्ची । लायन्स क्लब अफ पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौं हाइटले सिन्धुपाल्चोक बाढी पहिरोप्रभावित क्षेत्रका पीडितहरुलाई सातलाख रुपैया बराबरको राहत सामग्री प्रदान गरेको छ ।
लायन्स क्लबले उक्त सामग्री मेलम्ची नगरपालिकाका मेएर डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरेको हो । लायन्स क्लबका जोन चिएर पर्सन गुरु केदार बराल, कार्यक्रम संयोजक सावित्री खत्री, लायन्स क्लब अफ पोकली वाटरफलकी उपाध्यक्ष लिलाकुमारी धमला, सिताराम बानिया, पोकली झरना सेवा समाजका शम्भु बराल र सुदिप चालिसेको टोलीले मेएर अर्याललाई हस्तान्तरण गरेको हो ।
एकसय घर परिवारलाई पुग्ने साहत सामग्री वितरण गरिएको जोन चिएर पर्सन गुरु केदार बरालले जानकारी दिनुभयो ।ब्लाङ्केट,साबुन,बाढीपिडीतलाई ओच्छ्याउनका लागि म्याट, स्यानिटाइजर, महिलाको लागि प्रयोग हुने प्याड लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
राहत हस्तान्तरण कार्यक्रममा मेयर अर्यालले लायन्स क्लब अफ पोकली वाटरफल र काठमाडौं हाइटले प्रदान गरेको राहत सामग्रीले धेरै बाढी पिडीतको लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले प्राथमिकताका आधारमा लायन्स क्लबले प्रदान गरेको सामग्री बाढी प्रभावितहरुलाई वितरण गरिने जानकारी पनि दिनुभयो ।

यस्तै लायन्स क्लबका जोन चिएर पर्सन गुरु केदार बरालले लायन्स क्लबले धेरै ठाउँमा राहत सामग्री वितरण गरेको जानकारी दिदै लायन्सले प्रदान गरेको सामग्री वास्तविक पीडितले पाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पोकली वाटरफलकी पहिलो उपाध्यक्ष लिलाकुमारी धमला,पोकली झरना सेवा समाजका महासचिव तथा लायन शम्भु बराल, लायन्स मेम्बर चिफ सरोज ढुंगेल,प्रोगाम कोर्डिनेटर सिताराम बाँनिया, सावित्री खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


