
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने भएको छ ।
एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचार खर्च व्यहोर्ने जानकारी दिनुभएको हो ।
भारतको एपोलो अस्पतालमा उपचाररत खनालको सबै उपचार खर्च पार्टीले व्यहोर्ने भएको छ । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पताल भर्ना हुनुभएका खनाल त्यसको दुई दिनपछि असार २ गते दिल्ली जानुभएको थियो ।
नेता खनालमा मिर्गौलामा समेत समस्या छ । कोरोनाबाट संक्रमणमुक्त भएलगत्तै उहाँ बिरामी हुनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


