जनस्वास्थ्य सरोकार, सुनसरी। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुले आइतबार बृहत विरोध प्रर्दशन गरेका छन् ।
२० दिनदेखि आन्दोलन गरिरहेका उनीहरुले धरान बजारमा सयौंको संख्यामा जुलुस निकालेर प्रतिष्ठानका चार जना पदाधिकारीको बर्खास्तीको माग गरेका छन् ।
आन्दोलनरत चिकित्सक तथा कर्मचारीहरुले शिक्षा तथा स्वास्थ्यमा हुने राजनीतिकरण सदाका लागि अन्त्य हुनुपर्ने, प्रतिष्ठानमा भएको भ्रष्ट्राचारको छानविन गरी दोषि उपर कार्वाहि गर्नुपर्ने, प्रतिष्ठानको सही नेतृत्व गर्न नसक्ने उपकुलपती डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले राजिनामा दिनुपर्ने माग गर्दै विरोध प्रर्दशन गरिएको संर्घष समितिका संयोजक डा. सुर्यप्रसाद रिमालले जानकारी दिनुभयो ।
सोमबार सोमबारसम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठान सुधार गर्न चासो नदिए मंगलवार सबै चिकित्सक कर्मचारीहरुले सामुहिक राजिनामा दिने संर्घष समितिले जनाएको छ ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


