
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले सरकारलाई ४० लाख बराबरको औषधि सहयोग गरेको छ ।
संघले बाढीपहिरो पीडित तथा कोभिड संक्रमितको उपचारका लागि सो औषधि उपलब्ध गराएको हो ।
एपोनका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले आइतबार स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई औषधि हस्तान्तरण गर्नुभयो ।
एपोनमा आबद्ध विभिन्न औषधि उत्पादक कम्पनीले उपलब्ध गराएका १४६ प्रकारका औषधि सरकारलाई सहयोगस्वरूप प्रदान गरिएको हो ।
हस्तान्तरित औषधि एपोनले टेकुस्थित गोदाम पठाएको छ । त्यहाँबाट आवश्यकताका आधारमा विभिन्न जिल्लाहरुमा वितरण गर्ने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

