जनस्वास्थ्य सरोकार, काठमाडौँ । मंगलबार देशभर झण्डै ८३ हजार जनाले कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार ४१ जिल्लाका खोप केन्द्रबाट ८२ हजार ९२४ जनाले खोप लगाएका छन् ।
काठमाडौँका १० पालिकामा मात्रै ३२ हजार १४ जनाले खोप लिएको स्वास्थ्य कार्यलय काठमाडौँले जनाएको छ।
गत २५ जेठ देखि पहिलो मात्रा खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो मात्रा लिएर दोस्रो लगाउन छुटेकाहरुलाई मंगलबारबाट खोप दिन थालिएको हो ।
महाशाखाले दोस्रो डोज खोपका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकेको छ ।
प्रकाशित मिति: बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


