जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट ७ हजार ८३५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ जनामा र ४ हजार ६३ जनाको एन्टीजेन गर्दा ९०२ जनामा गरी जम्मा २ हजार ९९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकामा ५ सय ४३ जना संक्रमित थपिएका छन । त्यसमध्ये भक्तपुरमा ६७ जना, ललितपुरमा ८६ जना र काठमाडौँमा ३९० जनामा संक्रमण पुष्टि भएको छ ।
सोहि अवधिमा १ हजार ३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो चौबिस घण्टामा जनाको कोरोनाबाट २८ जनाको दुखद निधन भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ७५६ जना रहेको छ । त्यसमध्ये २ हजार ७८८ जना संस्थागत आइसोलेशनमा छन् । ती मध्ये ५८८ जना आइसियूमा उपचाररत छन भने १६१ जना भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ । त्यस्तै ३२३ जना क्वारेन्टीनमा छन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
