जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । हालसम्म कोरोना संक्रमणबाट विश्वभर ४० लाख १७ हजार ८९० जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।
कोरोना संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी ६ लाख २१ हजार ८७३ जनाको मृत्यु भएको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमणबाट ४ लाख ५ हजार ५७ जनाले ज्यान गुमाइसकेका छन ।
अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयको तथ्याङ्काका अनुसार विश्वभर अहिलेसम्म साढे १८ करोड भन्दा बढी मानिसमा कोभिड संक्रमण भइसकेको छ ।
भारतमा अहिलेसम्म ३ करोड भन्दा बढी संक्रमित भइसकेका छन् । अहिलेसम्म ३ अर्ब ३२ करोड मानिसलाई कोभिडविरुद्धको खोप दिइसकेको बीबीसीले जनाएको छ ।
नेपालमा अहिलेसम्म ६ लाख ५० हजार १ सय ६२ जनामा कोभिड संक्रमण हुँदा ९ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको छ । ६ लाख १४ हजार ४ सय २७ जना संक्रमणमुक्त हुँदा आइसोलेसनमा २६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित छन् । एजेन्सी
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

