जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट ५ हजार ३७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २१८ जनामा र ५ हजार १३० जनाको एन्टीजेन गर्दा ६५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकामा ४ सय २७ जना संक्रमित थपिएका छन । त्यसमध्ये भक्तपुरमा ५८ जना, ललितपुरमा ८२ जना र काठमाडौँमा २८७ जनामा संक्रमण पुष्टि भएको छ ।
सोहि अवधिमा १ हजार २८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो चौबिस घण्टामा कोरोनाबाट २९ जनाको दुखद निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


