जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनसँग खरिद गरिएको कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को आठ लाख डोज काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको बेइजिङबाट आठ लाख डोज खोप आज बिहान काठमाडौं ल्याएको हो । वाइडबडीले पहिलो चरणमा आठ लाख डोज खोप ल्याएको नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचनले जानकारी दिनुभयो ।
नेपालले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीद गरेको हो । त्यसमध्ये पहिलो खेपमा निगमको जहाजले आठ लाख डोज खोप ल्याएको हो ।
त्यस्तै, फेरि दोस्रो खेपका लागि असार ३१ गते निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ। त्यस्तै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज साउन ७ मा चीन जाने भएको छ ।
आज ल्याइएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ
२
