
जनस्वास्थ्य सरोकार । प्राचीन समय देखिनै मह र अदुवालाई शरीरका रोगहरु निको बनाउन प्रयोग गरिँदै आएको छ । अदुवा र मह प्रायः सबैको घरमा सहजै उपलब्ध हुन्छ । यसको सेवनले रुघा, खोकी, घाँटी दुख्ने, चिसो लाग्ने, लो ब्लडप्रेस लगायतका समस्या निको हुन्छ । अदुवामा पाइने जिंजरोल कम्पाउन्ड र महमा पाइने एन्टीअक्सिडेन्टले हाम्रो शरीरका भएका कैयौं रोगहरु निदान गर्न मद्धत पुर्याउँछ । पुर्वजको पाला देखिनै अदुवा र महलाई घरेलु उपचारका रुपमा प्रयोग गरिँदै आएको छ ।
चिसो र खोकीमा लाभदायी
मौसम परिवर्तनसँगै रुघाखोकी लाग्ने, चिसो लाग्ने जस्ता समस्या देखापर्न थाल्छ । अदुवा र मह यस्ता समस्या हटाउन प्रभावकारी मानिन्छ । आयुर्वेदाचार्यका अनुसार खोकी लाग्दा अदुवा र महको मिश्रणलाई तातो बनाएर सेवन गर्दा फाइदा मिल्छ । यसले साना बच्चा देखि बुढा सबै उमेरसमुलाई फाइदा गर्छ । यसले कफको समस्या पनि निको बनाउँछ ।
दमका बिरामीलाई लाभदायी
अदुवा र महको मिश्रण दम रोगीलाई पनि फाइदाजनक मानिन्छ । अदुवाको जुसमा मह मिसाएर सेवन गरे दमको समस्या कम हुने बताइन्छ । यसले स्वासप्रश्वास प्रणालीलाई सुधार गर्दछ । यसका साथै अदुवा र महले फोक्सोलाई बलियो बनाउँछ । त्यसकारण स्वासप्रश्वास सम्बन्धी समस्या कम देखिन्छन ।
रक्तचाप नियन्त्रण
लो ब्लडप्रेस (कम रक्तचाप) भएका व्यक्तिका लागि अदुवा र महको मिश्रण लाभदायक मानिन्छ । अदुवा र महलाई तातो पारेर सेवन गर्दा रगतभित्रको चिसोपनामा कमी आउँछ । यसले रक्तचापलाई नियन्त्रण राख्न मद्धत पुर्याउँछ ।
बान्ता र एलर्जी हुँदा लाभदायी
यदि तपाईंलाई एक्कासी बान्ता हुन थाल्यो भने अदुवा र मह सेवन गर्न सक्नुहुनेछ । यसले तपाईंको मुखको स्वाद सुधार गर्दछ र बान्ता आउन रोक्छ । त्यसैगरी यदि कसैलाई धुलोको एलर्जी (डस्ट एलर्जी) छ भने अदुवा र महको सेवानले फाइदा पुर्याउँछ । बिहान र बेलुका अदुवाको जुसमा मह मिसाएर पिउँदा एलर्जीको समस्या कम हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ
अदुवा र महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । । यसमा पाइने एन्टीअक्सिडेन्ट रोगबाट टाढा राख्न मद्धत पुर्याउछ । साथै प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । यसको जथाभावी सेवन गर्दा यसले फाइदा होइन उल्टै शरीरलाई हानी पुर्याउन सक्छ ।
पाचन प्रणाली सुधार
अपच, कब्जियत जस्ता समस्या भएका व्यक्तिले अदुवा र मह सेवन गर्दा फाइदा मिल्छ । हरेक दिन एक चम्दा अदुवाको रस र मह सेवन गर्दा यसमा पाइने एन्टीअक्सिडेन्ट र गुड व्याक्टेरियाले पाचन प्रणालीलाई चुस्त बनाउँछ ।
घाँटी दुख्ने समस्यामा लाभदायी
मौसम परिवर्तनले घाँटी दुख्ने, बोल्न गाह्रो हुने, घाँटी खसखस हुने जस्ता समस्या देखिन सक्छन् । अदुवा र महले पनि घाँटी दुख्ने समस्या निको बनाउँछ । यसलाई धेरै औषधिको रुपमा प्रयोग गरिन्छ । यसको सेवानले शरीरलाई स्मुथ बनाउँछ । एजेन्सी
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
