
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । १ वर्षदेखि डिप्रेशनको औषधी खादै आएकी कुँवरले आफु बस्दै आएको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार साँझ ९ बजे भुण्डिएर आत्महत्या गरेकी हुन ।
अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमान मनबहादुरसँग बस्दै आएकी जेनीले भान्सा कोठामा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनले विगत १ वर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दे आएकी थिइन् ।
पछिल्लो समयमा पशुपतिमा धेरै समय बिताउदै आएकी कुँवरले धेरै फिल्ममा अभिनय गरेकी छिन् । जेनीले मैदान, जीननदाता, धुम, मिस्टर डन, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, लगायतमा काम गरेकी छिन् । तर, पछिल्लो समयमा भने उनी फिल्म क्षेत्रबाट टाढा थिइन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
