जनस्वास्थ्य सरोकार, काठमाडौं । शनिबार २४ घण्टाको अवधिमा २ हजार १ सय ६९ मा कोरोना भाइरस (कोभिड १९) पुष्टि संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ३० पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ एन्टिजेन परीक्षणमा ८ सय १६ जना गरी २ हजार १ सय ६९ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको छ ।

मन्त्रालयका अनुसार, शनिबार १ हजार ४ सय ३२ जना कोभिड संक्रमण मुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ रहेको र सक्रिय संक्रमितमध्ये २३ हजार ५ सय ३९ जना होम आइसोलेसनमा रहेका छन् । २ हजार ९५० जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा शनिबार २४ घण्टाको अवधिमा ४ सय ४ जना कोभिड संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ३ सय ३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना संक्रमित भेटिएको जनाइएको छ ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


