
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्नुभएको हो ।
अस्पतालका प्रमुख प्रशासकिय अधिकारी डा. जागेश्वर गौतमले कोभिड १९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले आइसियु, एचडियु र जनरल गरि ५ सय बेड थपि सेवा विस्तारको तयारीमा रहेको जानकारी दिनुभयो ।
यस्तै डा. गौतमले २५ बेडको आकस्मिक कक्षलाई १०० बेड, १०० बेडको आइसीयूलाई २०० बेड र १५ बेडको डायलाइसिसलाई १०० बेडमा स्तरोन्नती गर्ने, दैनिक ७५ वटा सर्जरी र मासिक १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने योजना रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले २०७४ फागुन २५ गते भवनको शिलान्यास गरेका गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


