जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५३५ जना पिअिसार परीक्षण गर्दा १ हजार २३७ र ३ हजार ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा परीक्षण गराएकामध्ये २२. ३ प्रतिशतमा संक्रमण देखिएको छ । अर्थात ५ जनाको परीक्षण गर्दा एक जना संक्रमित पुष्टि भइरहेका छन्।
नेपालमा हालसम्म ६ लाख ५५ हजार ४४९ जना संक्रमित पुष्टि भएको छ ।
आज देशभर एक हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख १९ हजार ८९४ जना संक्रमित निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भइसकेको छ।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ४७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७०२ संस्थागत आइसोलेसनमा रहेका छन।
संस्थागत आइसोलसनमध्ये ५५३ जना आइसियुमा र १७५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

