जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकाले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १५ लाख डोज खोप नेपाल आइपुगेको छ ।
अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभयो ।
उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । यसअघि नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउने बताउनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

