जनस्वास्थ्य सरोकार, काठमाडौं । भोलिदेखि जोन्सोन एण्ड जोन्सोन र भेरोसिल खोप लगाइने अभियान शुरु हुनेभएको छ । चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आइपुगेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिदेखि असार २९ गतेदेखि खोप अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भोलि मंगलबारदेखि दुवै खोप लगाइन सुरु गर्ने निर्णय गरेको जनाइएको छ । सरकारको निर्णयअनुसार भेरोसेल ५५ वर्ष माथि उमेरका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने व्यक्तिलाई लगाइने छ । यसैगरी जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपांग भएका, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्यकर्मीलाई लगाइने छ ।
खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।


छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
