जनस्वास्थ्य सरोकार, बगदाद । इराकको एक कोरोना भाइरस (कोभिड—१९) अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । दक्षिण इराकको नसिरियास्थित अल हुसेन अस्पतालमा भएको आगलागीमा परी कम्तिमा पनि ५० जनाको मृत्यु भएको हो । हाल आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।
पछि निर्माण भएको अस्पतालको नयाँ वार्डमा आगजनी भएको थियो । सो वार्डमा ७० शय्या भएको र तीन महिनाअघि मात्रै निर्माण गरिएको त्यहाँका चिकित्सकहरूले जनाएका छन् । आगलागी हुँदा अस्पताल भवनभित्र कम्तीमा ६३ मानिस थिए। मृतक बिरामीका आफन्तले अस्पतालको लापर्वाहीले घटना घटेको बताएका छन् । उनीहरुले अस्पताल भवन बाहिर प्रदर्शन गरेको र प्रहरीसँग झडप हुँदा दुई वटा प्रहरीको सवारीमा आगो लगाइएको रोयटर्सले जनाएको छ।
आगलागीको कारण स्पष्ट नभए पनि अक्सिजन ट्याङ्की पड्किएर अगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर खास कारण आउन बाँकी छ । इराकी प्रधानमन्त्री मुसतफा अल खादेमिले अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएको जनाइएको छ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
