जनस्वास्थ्य सरोकार, काठमाडौं । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ । कोभ्याक्स संयन्त्रमार्फत जापानले उक्त मात्राको खोप नेपाललाई दिने काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ । जापानले दिने प्रतिबद्धता जनाएको उक्त परिमाणको खोप नेपाल ल्याउने तयारी भैरहेको जनाइएको छ ।
जापानबाट अस्ट्राजेनेका खोप आएमा पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन् ।
जापानले मंगलबार नेपालसहितका एसियाली मुलुकहरुलाई कोभ्याक्सबाट ११ मिलियन डोज दिने जनाएको थियो । सोही हिस्साबाट नेपालले खोप प्राप्त गर्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


