जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं जिल्लामा साउन ४ गतदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप लगाइन शुरु गरिने भएको छ । सो खोप काठमाडौंका ४४ केन्द्रबाट उपलब्ध गराइने छ । कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप एक डोज मात्र दिइन्छ ।

आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप दिने निर्णय गरेको छ ।
अमेरिकाबाट असार २८ गते जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने सोमबार नै सरकारले निर्णय गरेको थियो ।
आजदेखि काठमाडौँमा चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिसकिएको छ । ५५ वर्षदेखि माथिका नागरिक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सर्वाजनिक यातायातमा कार्यरत चालक र सहचालक, खोप लगाउन छुटेका अत्यावश्यक सेवामा कार्यरत कर्मचारी, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइनेछ ।


छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
