जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकामा औषधिको ओभरडोजका कारण मृत्यु हुनेको संख्या सन् २०२० मा २० वर्षयताकै सबैभन्दा उच्च भएको सरकारी तथ्यांक छ ।

कोरोना भाइरसको महामारीबीच आवश्यकभन्दा बढी मात्रामा औषधिको प्रयोग गरेका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको जनाइएको छ ।
अमेरिकामा सन् २०२० मा मात्रै औषधिको ओभरडोजका कारण ९३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । यो संख्या अघिल्ला वर्षहरुको तुलनामा झण्डै ३० प्रतिशतले बढी हो ।
तथ्यांकले कतिपय औषधिको असर कति खतरनाक हुन्छ र यसले समाजमा कति विनासकारी असर गर्ने भन्ने देखिएको विज्ञहरुले बताएका छन् ।
शक्तिशाली सिन्थेटिक ओपिओइड औषधि लागू औषध हिरोइनभन्दा ५० गुना शक्तिशाली भएको विज्ञहरुले बताएका छन् । तथ्यांकले अमेरिकामा औषधिको ओभरडोजका कारण प्रतिदिन २ सय ५० जना र प्रति घन्टा ११ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । कोरोना महामारीका कारण आइसोलेसनमा बस्नुपर्दा एक्लोपनका कारण पनि मृत्यु संख्यालाई बढाएको बताइएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

