जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीबार बसेको बैठकले १० साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
कोरोनाभाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने अन्य कार्यक्रममा रोक लगाइएको छ।
त्यस्तै, सार्वजनिक स्थलमा भेला हुन, भिडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेरमा पनि रोक लगाइएको छ। पुजारीबाट हुने नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि पनि गर्न नपाइने भएको छ।
उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा जारी छ।
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
