जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २५६ जना पिअिसार परीक्षण गर्दा एक हजार ७८२ र ४ हजार ५१२ जनाको एन्टीजेन परीक्षण गर्दा ८९४ जनामा संक्रमण पुष्टि भएको हो।
सोहि अवधिमा एक हजार ७५७ जना संक्रमित निको भएका छन । हालसम्म ६ लाख २५ हजार ५७० जना संक्रमणमुक्त भइसकेका छन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको छ।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३३९ जना रहेको छ। तीमध्ये २४ हजार २५ जना संक्रमित होम आइसोलेसन र २ हजार ६१४ संस्थागत आइसोलेसनमा रहेका छन।
देशभर २९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

