जनस्वास्थ्य सरोकार । ब्राजिलमा कोरोना भाइरसबिरूद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेशनले जानकारी गराएको छ ।

महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य अनुसन्धान सेवाले डिसेम्बरदेखि पहिलो पटक कुनै ब्राजिलको कुनै पनि राज्यमा रहेका कोभिड अस्पतालमा ९० प्रतिशतभन्दा बढी सेवाग्राही नपुगेका बताइएको छ ।
यद्यपि चार राज्यहरूलाई भने अझै खतरामुक्त क्षेत्र घोषणा गरिएको छैन । ती अस्पतालमा अझै पनि ८० प्रतिशतभन्दा बढी सघन उपचार कक्षले बिरामीलाई सेवा दिइरहेका छन् ।
“खोप विशेष गरी गम्भीर अवस्थालाई रोकथाम गर्न प्रभावकारी देखिएको छ,” फियोक्रुजले भन्नुभयो । उहाँले सामाजिक दूरीलाई निरन्तरता दिनु, मास्कको प्रयोग र स्वच्छताका उपायहरूमा जोड दिँदै सम्पूर्ण जनतालाई खोप लगाउन आग्रह गर्नुभयो ।
“उपलब्ध खोपहरूको प्रभावकारिता कम गर्ने सम्भाव्यतासहित भेरियन्ट्सको उदय हुने सम्भावना अझै छ यसलाई बेवास्ता गर्न सकिदैन । त्यसैले अझै स्वास्थ्य सुरक्षाका उपायलाई अबलम्बन गर्नु कोभिड नियन्त्रणका लागि आवश्यक हुनेछ ।”
सरकारद्वारा उपलब्ध गराइएको तथ्याङ्क अनुसार लगातार तेस्रो हप्तासम्म कोभिड(१९ का कारण भएका मृत्युदर र सङ्क्रमणका घटनामा कमी देखिएको छ । यद्यपि तिनीहरू उच्च रहेका छन् ।
गत हप्ता औसतमा कोभिडका कारण एक हजार ३०० को मृत्यु भएको र ४६ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा अहिले पनि मृत्यु दर तीन प्रतिशतको हाराहारीमा रहेको छ ।
यो मृत्युदरलाई उच्च मानिन्छ । ब्राजिलमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख रहेको छ भने पाँच लाख ३५ हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । एजेन्सी
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

