जनस्वास्थ्य सरोकार, सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै आज बिहान ८ देखि १० बजेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन ।
वीपी प्रतिष्ठान शुद्धिकरण अभियान संर्घष समितिका नेतृत्वकर्ता डा. विष्णु पोखरेलले बिरामीको अवस्थालाई ध्यानमा राखेर सांकेतिक रुपमा दुई घण्टा सेवा ठप्प पारिएको बताउनुभयो ।
उहाँले अझै पनि प्रतिष्ठान सुधार गर्न सरकारले चासो नदेखाए थप आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
यता प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीले आन्दोलनकारीलाई दोस्रो पटक वार्तामा बोलाउनु भएको छ । तर वर्तमान पदाधिकारीसँग छलफल र संवाद नगर्ने आन्दोलनकारीले अडान राखेका छन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
