जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम स्थगित भएको छ ।
स्वास्थ्य कार्यलय काठमाडौंले काठमाडौंका लागि मौजुदा रहेको खोपको मौज्दात सकिएको भन्दै अर्को सूचना नभएसम्मका लागि खोप स्थगित भएको जनाएको हो ।
साउन ४ गतेसम्मका लागि तय गरिएको भेरोसेल पहिलो डोज खोप दिने कार्यक्रममा हाललाई स्थगित गरिएको कार्यलयको सूचनामा उल्लेख छ ।
काठमाडौंका ५० वटा केन्द्रबाट असार २९ गतेदेखि ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका कर्मचारी, सार्वजनिक यातायातका कर्मचारी, लगायतका ५ वटा लक्षित समूहलाई खोप दिइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



