जनस्वास्थ्य सरोकार, काठमाडौं । शनिबार १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६ हजार ८ सय ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १३१० र ३,२०८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६५ जना गरी १ सय ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार २,१६४ जना संक्रमणमुक्त भएका छन् । थप २१ जनाको मृत्यु भएको छ । निको हुने दरमा वृद्धि भएसँगै शनिबार सक्रिय संक्रमितको संख्या घटेको छ । ३.९० प्रतिशत सक्रिय संक्रमित छन् ।
हालसम्म मुलुकमा कोभिड संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । जसमध्ये ६ लाख ३० हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२५ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ । जसमध्ये २३ हजार ४७७ जना होम आइसोलेसनमा र २ हजार ४७५ जना अस्पतालमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १६४ रहेको छ ।
शनिबार काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा २९९, ललितपुरमा ७७ र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

