जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारको मुख्य प्राथमिकता वर्तमान जनताको जीवन सुरक्षा कोरोना भाइरसविरुद्धको खोपमा भएको बताएको भोलिपल्ट आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाका कोरोना खोप केन्द्रको निरीक्षण तथा अनुगमनगर्दै हुनुहुन्छ ।

हिजो बेलुका विश्वासको मत लिने क्रममा देउवाले ‘सरकारको पहिलो प्राथमिकता, दोस्रो प्राथमिकता र तेस्रो प्राथमिकता खोप नै रहेको बताउनुभएको थियो । आज विहान १० बजेपछि प्रधानमन्त्रीको टोली उपत्यकाका केहि सरकारी र निजी अस्पतालमा पुगेर खोप वितरणका सहजता/असहजताबारे जानकारी लिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले आज नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल, ललितपुर लगायतका खोपकेन्द्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

