
जनस्वास्थ्य सरोकार, विराटनगर । मोरङस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।
अंग प्रत्यारोपण समन्वयन समितिले अस्पताललाई मिर्गौला प्रत्यारोपणको अनुमति दिएसँगै सेवा सुरु हुने भएको हो ।
अस्पतालले मिर्गौैला प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न २०७६ भदौ ९ गते अनुमति मागेको थियो ।
संस्थालाई आरम्भमा विशेषज्ञको समेत सहयोग लिई मिर्गौला प्रत्यारोपण गर्ने सर्तमा २०७८ साउन १ गते मानव शरीरको अंग प्रत्यारोपण ( नियमित तथा निषेध) ऐन, २०५५ को दफा ५ को उपदफा (१) बमोजिम अनुमतिपत्र दिइएको अंग प्रत्यारोपण समन्वयन समितिका सदस्य-सचिव डा. दिपेन्द्र रमण सिंहले जानकारी दिनुभयो ।
यो अनुमतिपत्र दुइ वर्षसम्म बहाल रहनेछ ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


